• नितेश यादब
हाम्रो जनकपुर / सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कोरोना संक्रमित पुरुष को उपचारका क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा हिजो विहीबार साझ १९:३० बजे मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेल बताएका छन।

गत भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठान ले बताएका छन।
उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो ।

मृतकको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको र शुक्रबार नेपाली सेनाको टोली ले सिरहा ल्याउने प्रमुख जिल्ला अधिकारी कणेलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय