हाम्रो जनकपुर / रौतहट । प्रहरीले आफ्नै नियन्त्रणमा राखेका बिजय राम लाइ कुटपिट गरि तथा अनावश्यक यातना दिई मारेको भन्दै रौतहट गरुडा प्रदर्शन गरिएको थियो।रौतहटको गरुडा वडा नम्बर ८ मा घाँटी रेटि हत्या गरिएको निरन्जन रामको हत्यामा समलग्न रहेको भन्दै रौतहट प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो।
हिरासतमा रहेको सात जना मध्ये एक दलित युवकको प्रहरी नियन्त्रमा नै मृत्यु भए पछि मृत्कका बुबाको आँसु थामिएको छैन।प्रदर्शनमा हजारौंको सहभागिता थियो ।
सबैले इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका थिए ।डिएस पि महतोलाई सस्पेन्ड गर ,हत्यारा डिएस पि ज्ञान कुमार महतो चाहिदैन भन्दै गर्दा मृतक विजयका बुवा पनिलाल रामले मेरो छोरो जिउदै देउ भनेर भकानो फोरेर रोइरहेका थिए ।छिन छिनमा छती पिट्दै राम भन्थे यस देशमा कानुन र धर्तिमा भगवान छ भने मेरो छोरालाई जिउदै देउ भन्छु।पत्रकारहरुको प्रशन पनिलालले भने मेरो छोरा निर्दोस थियो हजुर ,घटनाको मुख्य अभियुक्तलाई जोगाउन “लाखौं रुपैंया बुझेका प्रहरी अधिकारी समात्न आको घुमुवा प्रहरीहरुले मेरो छोरालाई निर्ममतापूर्वक कुटपिट गरि मारेको छ ,फोटो देखाउदै रामले भने मैले कहिले एक थपप्ड नहानेको छोरालाई पापी डिएसपि र उनका प्रहरीले यसरी कुटेको छ फोटो हेर्नुस शरीर भरी कुटेको दाग रहेको छ ।समात्न आउने घुमुवा प्रहरीले घर मै पसेर पिटि पिटि छोरालाइ लगेको रामले आरोप लगाए ।यातना दिएको आरोप

निरजंन राम हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले निर्दोषलाई पक्राउ गरेर यातना दिदै अपराध स्वीकार्न लगाएको स्थानियको आरोप छ । गरुडाकै सच नर्सरी उद्योगका साहुलाई जोगाउन प्रहरीले ठूलो आर्थिक रकमको चलखेल गरेको स्थानियको दाबी छ ।

मेरो #बुबा #कहिले फर्किन्छ #डिएस पि #साहेब!प्रहरी हिरासतमा रहेका मृतक बिजय रामकी सात महिनाकी छोरीको बुबा खोज्दै हिम्मत छ कसैलाइ उसलाई आफ्नो बुबा चाहिएको छ। यो तस्बीरले आफ्नो बुबाको #भाबुक बनायो यि बोली फुट्न नपाउदै अभिभाबक (बाबु) गुमाएकि बालिकाको तस्बीरले ! न्याय नमरोस् ! घटनाको निश्पक्ष छानबिन गरीयोस् सरकार । सभार न्युज आजतक मधेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय