• रंजित चौरसिया

    हाम्रो जनकपुर / बीरगंज । गृह मंत्रालय ले जारी गरेको गोप्य पत्र अहिले चर्चाको बिषय बनेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका बड़ा न.-२ खेसरहियामा २०७७ भाद्र ३ गते राती हनुमान मन्दिरका पुजारी श्रीराम साह तेली ज्यूको गोली हानी हत्या भएको आज ८ दिन बीती सकदा पनि दोषी पता लागेको छैन।दोषी लाई पक्राउ गरि कारवाही गर्नु पर्ने ठाउँमा उलटै साधु हत्याको बारेमा बोलने वा आवाज उठाउने संघ-संस्था लाई कारवाही गर्ने गृह मंत्रालयको धम्की पूर्ण पत्र माथि आज हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल एक प्रेस विज्ञप्ति जारी गरी कड़ा विरोध गरेका छन।उनले भने नेपालमा हुने हिन्दू बिरोधी तत्व लाई कहि गृहमंत्री वा गृह प्रशासन बाट नै संरक्षण भई रहेको हामीले महसूश गरेका छौ।”जाे रक्षक उही भक्षक ” भए न्याय कहा पाउने जनताले भन्ने प्रश्न खड़ा भएको छ।

नेपाल प्रहरी प्रमुख एवं प्रमुख जिल्ला अधिकारीहरू लाई गृहमन्त्रालयका शाखा अधिकृत प्रतीक राईले जारी गरेकाे गाेप्य सर्कुलरले धेरै कुरा स्पष्ट वुझ्न सकिन्छ कि माननीय गृहमन्त्री रामबहादुर थापा(बादल)ज्यूले हिन्दुधर्मलाई सखाप पार्ने र अागामी जनगणनामा हिन्दुकाे संख्या घटाएर धर्मान्तरण बढाउनेमा लागेका हुन भन्ने संका जन्माएको छ।कहि गृह मंत्रालय माथि ईसाईकरण र इस्लामिककारण त हाबी भएको छैन।मुलुकमा जबरजस्ती धर्म परिवर्तन,गौ हत्या र तस्करी,मठ-मन्दिर माथि आक्रमण,साधु-संतको हत्या र दुर्व्यवहार,सनातन धर्म माथि नेताहरुको तुच्छ बोली तर्फ किन ध्यान दिदैन त गृहमंत्रालय।पटेलले भने सम्मानीय प्रधानमंत्री ज्यू तपाई ३ करोड नेपाली जनताको अभिवाभवक हो,हरेक नेपाली जानताको जीवधनको सुरक्षा तपाई कै जिम्मेवारी भित्र पर्छ।वर्तमान सरकार हिन्दू समाज माथि पूर्वाग्रही भएको हामीले महसूस गरेका छौ।पूज्य संत ज्यूको हत्या लाई कारवाही होस र आउदा दिनमा कुनै अप्रिय घटना नहोस भनी सरोकरवालाहरुको ध्यानआकर्षक गराएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय