हाम्रो जनकपुर / सर्लाही : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको यस संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।मुख्यमन्त्री राउतले कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदमहरु र अगामी दिनमा प्रदेश सरकारलाई चाल्नु पर्ने कदमबारे सरोकारबालाहरुसंग सृुझाव लिन सर्लाहीको हरिवन पुगे । त्यहाँ आयोजित समारोहमा उनले भने, ‘जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला अहिले छैन ।उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाएपनि जिल्लास्थित जिम्मेवार व्यक्तिहरुले सदुपयोग गर्न नसकेको गुनासो समेत गरे ।प्रदेश सरकारले जिल्ला प्रशासन, अस्पताल लगायतलाई रकम उपलब्ध गराएपनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे । उनले भने, ‘हामीले गर्न सक्ने र हाम्रो क्षमताले भ्याएसम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी राख्दिनँ ।’मुख्यमन्त्री राउतले जनअपेक्षा अनुरुप आठवटै जिल्लामा पिसिआर संचालनका लागि प्रक्रिया शुरु भईसकेको उल्लेख गरे । उनले रौतहटमा जडान प्रक्रिया शुरु भइसकेको र बाँकी रहेको जिल्लामा समेत १५ दिनभित्र पिसिआर मेसिन संचालनमा आउने विश्वास दिलाए ।हालै जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशन समेत दिए । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले स्वास्थ्य सामग्रीको कुनै आभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं विज्ञ समूहका सदस्य डा। सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुख हरु, गौर, मलंगवा र हरिवनका मेयरहरु, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु गौर र मलंगवा अस्पतालका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय