हाम्रो जनकपुर / जनकपुरधाम । हंसपुर नगरपालिका वडा नं. ७ का १६ वर्षीय राजु सदाको उपचार अभावमा मृत्यु भएका सदाका परिवारलाई बहराइनका लागि नेपाली राजदुतले ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । बहराइनका लागि नेपाली राजदुत पदम सुन्दासले राजु सदाका परिवारलाई ५० हजार रुपैंयाँ नगद सहयोग गरेका हुन् ।

राजदुत सुन्दासले पठाएको ५० हजार रुपैयाँ प्रदेश २ का प्रमुख तिलक परियारका प्रमुख स्वकीय सचिव पदम विश्वकर्माले बुधबार मृतक राजुको घरमा गएर उनका आमा निलम देवी र बुबा अशेश्वर सदालाई हस्तान्तरण गरेका छन् ।

नगरपालिकाको कार्यालयमा आयोजित एक अनौपचारिक कार्यक्रममा नगर प्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणुकुमारी झा, प्रदेश प्रमुखका स्वकीय अधिकृत अनिल पासवान, हंसपुर नगरपालिकाको ७ नम्बर वडा अध्यक्ष रामसेवक मण्डल, २ नम्बर वडा अध्यक्ष उदय साह, तथा नगर कार्यपालिका सदस्यहरुको उपस्थितिमा सदा परिवारलाई उक्त रकम हस्तान्तरण गरेको स्वकीय सचिव विश्वकर्माले जानकारी दिए ।

अभाव, उत्पीडनमाथि मृतक राजु सदाका परिवारमाथि परेको गहिरो पीडामा थारै भएपनि सहयोग गरी मल्हम लगाउने उद्देश्यले आफ्नो पारिश्रमिकको केही अंश सदा परिवारलाई पठाएकोे राजदूत सुन्दासले पठाएको स्वकीय सचिव विश्वकर्माले बताए ।
हंशपुर नगरपालिका वडा नं. ७ का १६ वर्षीय किशोर राजु सदाको गएको असार ९ गते प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचार अभावमा छटपटाएर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय