हाम्रो जनक्पुर / जनकपुरधामः धनुषा जिल्लाकाे गणेशमान चारनाथ नगरपालिका मा भैंसीलाई नदीमा नुहाउन गएकी एक महिला एकदिन पश्चात मृत अवस्थामा भेटेकी छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर-२ राधापुर बस्ने उत्तिम यादवकी ४० वर्षीया पत्नी भूटि देवी यादव मृत भेटिएकी हुन् ।

मंगलबार बिहान करिव ११ बजे गाउँकै छेउमा बलुवा खोलामा खनिएको खाल्डोमा भैंसीलाई नुहाउन गएकी यादव अबेर रातीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज (बुधबार) दिउँसो १२ बजे नदी किनारमा मृत अवस्थामा भेटिएकी हुन् ।

गाउँकै एक व्यक्ति नदीमा माछा मारिरहेको समयमा मृतक महिलाको शव नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको शवलाई प्रहरी र स्थानीयको सहयोगमा नदीबाट निकालिएको थियो । त्यस्तै, आजै जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलमा समेत एक पुरुषको शव आँपको रुखमा झुण्डिएको अवस्थामा भेटेको छ ।

एकाबिहानै रजौलस्थित बाँसबारीमा आँपको रुखमा डोरिमा पासो लगाएर झुण्डिएको अवस्थामा स्थानीय खेहरु यादवका ३० वर्षीय छोरा छबिलाल यादवको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

मृतकद्धयको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय