हाम्रो जनकपुर / बर्दिबास : विद्यालय भित्रबाट ल्यापटप, मोवाईल, बैंकको एटिम कार्ड, केही नगद लगायतको सरसमान चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।
मंगलबार राती १ बजेर ४२ मिनेटको समयमा सामान चोरी गरेर फरार भएका उनिहरुलाई
जिल्लाको बर्दिवास नगरपालिका वडा नं ७ स्थित कृषि बजार क्षेत्रबाट बुधबार दिउँसो करिब १२ बजे पक्राउ गरिएको हो ।

जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले निर्माण गरिरहेको पशुपतिनगर स्थित राष्ट्रिय माध्यमिक विद्यालयको बालउद्यान निर्माणमा खटिँदै आएका पत्रकार अमृत कुमार महतो तथा हाँस्यकलाकार कृष्णा कुमार महतो लगायतका व्यक्तिहरुको सामान चोरी गरी फरार भएका उनिहरुलाई सिसिटीभी फुटेजको आधारमा संजाल सम्बद्ध युवाहरुले खोजी गर्दै जाने क्रममा बर्दिवास–७ स्थित कृषि बजार क्षेत्रमा रहेको आँपको बगैँचा भित्र सुतिहरेको अवस्थामा फेला पारी सोधपुछ गर्ने क्रममा भाग्न खोजे पछि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । साथै चोरी गरिएको सामान आँपको बगैँचा भित्र थुपारिएको धानको भुसा भित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको पत्रकार अमृत कुमार महतोले बताए । यता ईलाका प्रहरी कार्यालय बर्दिवासले भने घटनाको विषयमा थप अनुसन्धान गर्नु पर्ने भन्दै पक्राउ परेका दुवैजनाको बिवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय