हाम्रो जनकपुर /जनकपुरधाम । क्लोथ बैंक धनुषाले थप १० वटा अक्सिज सिलिन्डर जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरेको छ । काठमाण्डौंकोे किर्तीपुर–१ स्थित स्टेप टु इलिमिनेट पोर्भटी नामक संस्थाले सानो साइजको सो १० थान अक्सिजन सिलिन्डर बैंकको अभियानलाई सहयोग गरेको हो ।

लुगा आवयश्कता भएका गरिव विपन्नहरुका लागि लुगाको व्यवस्था गर्दै आएको बैंकले कोभिड १९ महामारीका बेला अस्पतालमा बेडको अभावमा होम आइशोलेसनमा रहेकाहरुलाई निःशुल्क चिकित्सकीय परामर्श र आवयश्क रहेकालाई निःशुल्क अक्सिजन सिलिन्डरको समेत व्यवस्था गर्न थालिएको अभियान अन्तर्गत बैंकले आज थप १० गरि अहिले सम्म कुल २२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ ।

त्यस संस्थाका प्रतिनिधी तथा अभियानको अक्सिजन व्यवस्थापन समितिका सदस्य सचिव तथा बैंकका समेत सचिव रहेका मनिष श्री ओमको पहलमा सो सिलिन्डर सहयोग वापत प्राप्त भएको छ । पोर्भटी संस्थाका अध्यक्ष डा. शैलेन्द्र झा अभियानको चिकित्सक टोलीका सदस्य समेत हुन । उनले सहयोग गरेको एकलाख रुपैयावाट ई सिलिन्डरहरु खरिद गरिएको छ ।

चिकित्सको निगरानी र परामर्शमा रहेका संक्रमितलाई चिकित्सककै सिफारिसमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ । यस्मा जिल्ला प्रहरी प्रमुखको समेत स्वामित्व रहेको छ । यस अघि बैंकले पहिलो चरणमा १२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो । बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिले सम्म दाताहरुवाट कुल ६० वटा सिलिन्डरको प्रतिवद्वता आइसकेकोमा २२ वटा प्राप्त भइसकेको छ ।
कार्यक्रममा केन्द्रिय समितिका संरक्षक धनुषा प्रजिअ प्रेम प्रसाद भट्टराई, बैकका अध्यक्ष राजिब झा, प्राविधिक समितिको संयोजक डाक्टर अजय झा, केन्द्रिय व्यवस्थापन समितिका सचिव मनिष श्रीओम,मिडिया समपर्क ब्यझी सदस्य पूरण साह, सदस्य गोपाल साह, युवा अभियानि प्रसान्त झा, कृष्णा साह , पत्रकार लगायतका उपस्तिथि रहेको थियो।

धनुषावाट सुरु भएको अभियानमा प्रदेश २ का आठवटै जिल्लाका संक्रमितहरु जुडन थालेका छन् । अभियानको सुचनाहरु हेरेपछि अहिले सम्म पर्साका १८, सर्लाहीका ४, महोतरीका २, सिरहाका २ र सप्तरीका २ जना संक्रमित चिकित्सकहरुको सम्पर्कमा रहि परामर्श लिइरहेका छन् । त्यसै गरि धनुषाका कुल ३० जना संक्रमितहरु परार्मश लिइरहेको समेत बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय