• धर्वेन्द्र कुमार यादव(यदुवंशी),

    हाम्रो जनकपुर / महोत्तरी। वडाअध्यक्षले दवाव दिएको कारण महोत्तरीको सम्सी गाँउपालिकामा वोक्सीको आरोपमा कुटिएकी महिलाको उजुरी अझ दर्ता हुन सकेको छैन । वडा नं. ७ का वडाअध्यक्ष मदन यादवले सो घटना गाँउमै मिलाउनका लागि पिडित पवन देवीको परिवारलाई दवाव दिएपछि जिल्ला प्रहरी कार्यालय जलेश्वरमा सो उजुरी अझ दर्ता हुन सकेको छैन ।

घटना घटिएको ५ दिन वित्दा समेत पिडितको पक्षबाट हालसम्म कुनै किसिमको उजुरी दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी कार्यालयमा उजुरी दर्ता हुन नसकेकै कारण मुद्धा प्रक्रिया अगाडि बढन सकेको छैन ।

यता घटनामा संलग्न दोषीलाई कानुन अनुसार कारवाही र पिडितलाई न्याय दिलाएर छाडने वडाअध्यक्ष मदन यादवले संचारकर्मी एवम मानवअधिकार समक्ष दिएको प्रतिवद्धताको कार्यान्वयन गर्नका लागि आलटाल गर्दै आएका छन । जनप्रतिनिधीले नै वोक्सीको आरोप लगाउदै महिला कुटपिट गर्दै आएको घटना गाँउमै मिलाउनु दुखद रहेको स्थानियहरुले प्रतिक्रिया दिएका छन ।

यस सम्बन्धमा गाँउपालिकाकी उपप्रमुख नागिनादेवी यादवसँग कुराकानी गर्दा घटनाको सम्बन्धमा आफुलाई घटना घटेको तीन दिन पछि मात्र थाहा भएको प्रतिक्रिया दिईन । न्यायिक समितीका संयोजक समेत रहनुभएकी उपप्रमुख यादवलाई गाँउकी महिला वोक्सीकी आरोपमा कुटिएकी एक साता वित्न लाग्दा समेत घटनाको सम्बन्धमा कुनै जानकारी नहुनु दुखद रहेको स्थानियहरुले बताएका छन । अहिलेसम्म पिडितको पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो । पिडित विरामी अवस्थामा रहेकोले उजुरी दिन नसकेको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिनुभयो ।

यता कुटपिट घटनामा संलग्न रहेको २४ बर्षिय कृष्ण यादव जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेको छ । पक्राउ परेको यादव उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय