हाम्रो जनकपुर / काठमाडौं, भदौ ९ गते । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बतायो

आज मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्न समाचारहरु समाजिक सञ्जालमा आए पछि गोरखापत्र अनलाइनका तर्फबाट राखिएको जिज्ञासामा मन्त्रालयका उच्च अधिकारीले सो कुरा बताएका हुन ।
प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना देखिदैन ती अधिकारीले भने ।

त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याविनेटमा सो एजेण्डा नभएको बताए ।
श्रोत: गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय