हाम्रो जनकपुर / काठमाडौं । ७२ वर्षीय पूर्व सहायक गृह राज्यमन्त्री सोनेलाल राय यादवको उपचारको क्रममा वीर अस्पतालमा निधन भएको छ ।

उनी ६३ दिनदेखि वीरमै उपारार्थ थिए । यादवको आज वीर अस्पतालमा आईसियुमा उपचारकै क्रममा पौने तीन बजे निधन भएको उनका जेठा छोरा रागोपाल राय यादवले जानकारी दिएका छन् ।

मेनिजाईटिस भएपछि यादवलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको थियो ।मृत्तक यादवका जेठो छोरा रामगोपालका अनुसार वीरमा ल्याउनुअघि उनलाई काठमाडौंको ओम अस्प्तालमा एक हप्ता राखिएको थियो ।

सर्लाही साविक खुटौना गाविस वडा नम्बर ४ (हाल मलंगवा नगरपालिका वडा नम्बर ६) घर भएका यादवकी श्रीमती कैलाशदेवी यादव, दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।

यादवको शव आजै जिल्ला लगिने र भोलि दाहसंस्कार गरिने परिवारले जनाएको छ । राजाको प्रत्यक्ष शासन कालमा यादव गृह सहायक राज्यमन्त्री थिए ।

यादव २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय