वीरगंज, भदौ ०८ गते सोमबार।“जटिल वैश्विक याे काेराेना महामारी , निसुल्क भोजन हाम्रो जिम्मेवारी “
भन्ने मुल मन्त्रका साथ साहिब दरबार सेवा सस्थान , समपर्ण सेवा सस्था र स्टार सेरामिक्स प्रालीद्वारा सोमबार २० औं दिन पनि निसुल्क भोजन ( खाना) बितरण गरेको छ ।

निषेधाज्ञाकाे आज ३१ औ दिनमा काम नभएको कारण भाेकै पेट बस्नु परेका गरीब निमुखा असहायहरूकाे पेट भर्न हामिले फेरि नि:शुल्क भाेजन वितरण सुरु गरेको सस्थाका राजेशमान सिंहले जानकारी गराउनु भयो ।

यसअघिको लकडाउनमा सो सस्थाले ३ महिना भाेजन गराएको थियो । त्यसैगरी यसपटक पनि यहाँहरूकाे निरन्तर साथ, सहयाेग र मार्गदर्शन पाईराख्ने हामीले विश्वास लिएको सिंहले बताउनु भयो ।

त्यसै गरि हरेक सप्ताहको शनिबार महानगर भित्रका भोकै कुकुरहरुलाई पनि खाना खुवाउने गरेको समेत सिंहले बताए।

निसुल्क भोजन कार्यको लागि सहयोग गर्नु हुने सहयोगी हातहरु सस्थाका राजेश सिंह , रूपेश मान सिंह , उमेशलाल सहनी , अफरोज आलम , राहुल तुल्स्यान , किशोर सिंह, विक्रम नगरकोटी, अजय अग्रवाल , कलाम मन्सुरी, मनिष ठकुरी , बिनोद बैठा , सन्दिप बैठा रहनु भएको छ , उहाहरुलाई धेरै धेरै धन्यवाद छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय