वीरगंज, भदौ ०८ गते सोमबार / कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई निजकै परम्परा, धर्म र अनुष्ठान अनुसार अंतिम संस्कार / दहा संस्कार गर्ने वातावरण बनाइ दिन निम्ति सोमबार नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख प्रशासकिय अधिकृत मार्फत प्र.जि.अ अस्मान तामाङलाई ज्ञापन पत्र बुझाएका थिए ।


सो कार्यक्रममा ने.बि.संघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल ,जिल्ला सचिव प्रभात सिंह, जिल्ला सदस्य बिट्टु अन्सारी लगायतकाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय