हाम्रो जनकपुर / काठमाडौं, आदरणीय मुक्ति कामी जनसमुदाय,हाल सम्पूर्ण विश्व नै कोरोना महामारीबाट आक्रान्त रहेको र वैश्विक एवं आर्थिक संकटबाट गुज्रिरहेको भीष्म परिस्थितिमा त्यसकै प्रकोप एवं प्रभावले सम्पूर्ण मानव-जाति र सभ्यता नै अत्यन्तै दयनीय, कष्टकर एवं लोपोन्मुख हुने खतरा रहेको तथ्य सर्वविदित नै छ । कोरोना महामारीबाट ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै अस्वस्थ सबैको सिघ्र स्वास्थ लाभको कामना गर्दछौं । साथसाथै यस महामारीसँग लडन दिनरात अग्रपंक्तिमा खटिरहेका सम्पूर्ण योद्धाहरुमा कृतज्ञता अर्पण गर्दछौं ।

जहाँ कोरोनाबाट आक्रान्त सम्पूर्ण विश्व आ-आफ्नो देशका जनतालाई क्षमताले भ्याएसम्म सुरक्षा एवं राहत दिन अभ्यस्त देखिन्छ त्यही हाम्रो देशमा राज्य-सत्ताको तिनवटै तह (संघीय सरकार, प्रदेश सरकारहरु र स्थानीय सरकारहरु) कोरोनालाई लूट-खसोट अवसरमा परिणत गरि “कोरोना व्यापार” मा अभ्यस्त रहेको एवं जनघाती कु-कार्यहरुमा लिप्त रहेको तथ्य सर्वविदित नै छ । त्यसैक्रममा प्रदेश नं २ सरकारको विश्वस्त उच्च-तहबाट प्राप्त जानकारी अनुसार प्रदेश सरकारसँग प्रशस्तै बिकल्पहरु हुँदा-हुँदै बिकल्पहरुमा कुनै ध्यान नै नदिई “जनकपुर प्रादेशिक अस्पताल” लाई ” प्रादेशिक कोरोना अस्पताल” को रुपमा रुपान्तरण गर्नलागेको सुचनाले स्तब्ध भएका छौँ । जनकपुर प्रादेशिक अस्पताल जुन प्रदेश नं २ को राजधानी जनकपुरधामको एकदमै घना वस्तीमा अवस्थित छ र प्रदेश नं. २ का गरिव, निमुखा, असहाय, विपन्न एवं एकदमै निम्न आय भएका बर्गको एकमात्र स्वास्थ-उपचारको प्रमुख थलोको रुपमा परिचित रहेको सर्वविदित नै छ र प्रदेश सरकारको यस्तो गैरजिम्मेवार एवं अमानवीय निर्णयले ती वर्गका जनताको स्वास्थमा प्रत्यक्ष नकारात्मक असर पर्ने निश्चित देखिन्छ ।

त्यसकारण यस्ता जनतामारा निर्णय नगर्न-नगराउन प्रदेश सरकार र जनता समाजवादी पार्टी सँग जोडदार माँग गर्नुको साथै एक परिवार एक PCR टेस्टको पनि माँग गर्नुको साथसाथै उक्त घृणित जनतामारा कु-कृत्यको विरुद्ध प्रदेश नं २ का सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, संचारकर्मी, अधिकारकर्मी, नागरिक समाज, सामाजिक संघ-संस्था लगायत सम्पूर्ण आम जनतालाई स-सक्त प्रतिवाद र प्रतिकारमा उत्रन आवहान/अपील गर्दछौं ।

जय जनता !! जय जनतन्त्र !!

मुक्ति अभिवादन सहित !

(डा. मनोज कुमार झा)

राष्ट्रिय अध्यक्ष

जनतान्त्रिक तराई मुक्ति मोर्चा

राष्ट्रिय संयोजक

राष्ट्रिय जनतान्त्रिक गठबन्धन

एवं

राष्ट्र बचाउ अभियान

जारी मिति :- २०७७/०५/०८ गते सोमवार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय