हाम्रो जनकपुर / सिरहा । मिर्चैया प्रहरीले तरकारी बेच्ने महिला माथि निर्घात कुटपिट गरी घाईते बनाएको छ ।
मिचैैया नगरपालिका वडा नं. ७ मा लकडाउनलाई मध्यनजर गर्दै उपाभोक्ताको घर नजिकै गएर तरकारी दिन गरेकी स्थानीय महिलालाई प्रहरीले निर्घात कुटपिट गरेको हो ।
मिर्चैया नगरपालिका वडा नं. ८ भगतपुर बस्ने अन्दाजी बर्ष ४१ की सीतादेवी साहलाई प्रहरीले निर्घात कुटपिट गरेपछि घाईते भएकी हुन् । उनलाई तत्कालै स्थानीय क्लिनिकमा उपचार गराइएको हो ।
स्थानीय एक जनाले भने कोरोना सँक्रमित भेटाएको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाको कर्मचारीबाट उनलाई उपचार गराइएको हो । क्वारेन्टाइन बसेका कर्मचारीहरुबाट उपचार गराएको हो ।
तरकारी घुमेर बेचेको भन्दै प्रहरीले उनलाई निर्घात कुटपिट गरेको हो । श्रीमान समेत काम गर्न दिनभरि बाहिर रहने र परिवार पाल्न तरकारी बेच्दै आएकी साहलाई प्रहरीले निर्घात कुटेपछि स्थानीयहरुले विरोध समेत जनाएका थिए ।
स्थानीय प्रशासनले लकडाउन गरेपनि अत्यावश्यक वस्तुहरु भने निर्वाध रुपमा समाजिक दुरी कायम गरी तथा सुरक्षा समाग्री अपनाएर किनमेल गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय