दुवै जनालाई आज (आईतबार) अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइने छ ।

हाम्रो जनकपुर / जनकपुरधाम । जनकपुरमा मन्दिरको पर्खाल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा रहेको नुनियार कुट्टि तोडफोड गरेको आरोपमा स्थानीय रामबाबु सिँह र रँजन कर्णलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रका अनुसार उनीहरुले शनिबार नुनियाँ समाजको नुनियार कुट्टिमा पक्राउ गरिएको दुवै जना अभियुक्तले तोडफोड गरेको हो । उनीहरुलाई शनिबार नै पक्राउ गरी धनुषा प्रहरीमा राखिएको छ ।

डिएसपी (प्रवक्ता) मिश्रका अनुसार, दुवै जनालाई आज (आईतबार) अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय