हाम्रो जनकपुर / जनकपुरधाम, भदौ ७ गते । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपछि धनुषामा पुन : एक साता थपिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले अाईतबार पुन : धनुषा जिल्ला भरि एकसाता लकडाउनको समय थपेको हो ।

कोरोना समुदायमा फ‌ैलिएपछि गएको साउन ३२ गते राति १३ बजेदेखि जिल्ला भरि लकडाउन गर्ने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।

सो समयावधि अाइतबार राति १२ बजेदेखि समाप्त हुन लागेपछि अाज पुन: ७ दिन लकडाउन थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय