हाम्रो जनकपुर / जनकपुर- धनुषामा एक बालिकालाई दाजु भाई थुतेर सामुहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ धमौरा पोखरीमा ४ जना युवकले सामुहिक बलात्कार गरेको जनाइएको छ ।
बलात्कृत भएकी बालिका धनुषाको सबैला नगरपालिकाकी हुन् ।
गत भदौ १ गते बेलुकी करिब ६:४५ बजे दिदीको गाउँबाट आफ्नो गाउँ जाँदै गर्दा बाटोमै समातेर बालिकालाई स्थानीय ४ जनाले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पीडित बालिकाको आरोप र निवेदनलाई उदृत गर्दै जनाएको छ ।
धनुषाधाम नगरपालिका वडा नं. ५ नौयसबिघा (दिदीको घर) बाट आफ्नो दुई दाजुसँगै आफ्नो पैतृक घर गईरहेको बेला दुई वटा मोटरसाईकलमा पिछा गर्दै धरमपुर नजिक सुनसान ठाउँमा बालिकाकी दुवै दाजुलाई कुटपिट गरी भगाएर सामुहिक बलात्कार (गैँग रेप) गरेको आरोपमा एक जनालाई पक्राउ समेत गरिएको छ ।

मोटरसाईकलमा आएका ती युवकहरुले उनको दुवै दाजुलाई कुटपिट गरी भगाएर बालिकालाई समेत कुटपिट गर्दै स्थानीय सुकन यादवको धानखेतमा लगेर चारै जनाले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पीडितले दिएको उजुरीको आधारमा अनुसन्धान र पिडितले बताएको हुलियाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाधाम नगरपालिका वडा नं. २ धरमपुर वस्ने १९ वर्षीय विजय कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकालाई पिडितले पहिचान गरी सनाखत गरेको हुँदा यादवलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान तथा फरार अन्य आरोपीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र मिश्रले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय