हाम्रो जनकपुर / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिकासहितले मास्क प्रयोग गर्नु पर्ने जनाएको छ ।

मास्क सम्बन्धी डब्लुएचओले जारी गरेको नयाँ निर्देशिकामा कोरोना भाइरसको संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि सम्बन्धित देशहरुको निर्देशिकासँग अनुकुल हुने गरी १२ वर्ष वा त्यो भन्दा माथिका बालबालिका, किशोर किशोरीसहितले मास्क लगाउनु पर्ने उल्लेख छ ।

बालबालिकाबाट भाइरसको संक्रमण कस्तो वा कुन दरमा हुन्छ भन्नेबारे सीमित मात्रै जानकारी रहेको स्वीकार गरेको डब्लुएचओले किशोरकिशोरीबाट भने वश्यकहरुबाट जस्तै संक्रमण फैलिने बताएको छ ।

डब्लुएचओले पाँच वर्षसम्मका बालबालिकाले भने मास्क लगाउनु नपर्ने जनाएको छ । कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म विश्वभर ८ लाख दुई हजार सात सय भन्दा बढीको ज्यान भएको छ । संक्रमित हुनेको संख्या दुई करोड ३१ लाख २१ हजार भन्दा बढी पुगेको छ ।

डब्लुएचओको नयाँ निर्देशिका अनुसार १२ वर्षभन्दा माथिकाले वयश्कले जस्तै मास्क लगाउनु पर्ने तथा ६ देखि ११ वर्षसम्मका बालबालिकाको हकमा भने संक्रमण फैलिएको क्षेत्र वा संक्रमित व्यक्तिको सम्पर्कमा जाँदा मास्क लगाउनु पर्ने उल्लेख छ ।

मास्कको प्रयोगमा आफ्ना बालबालिकालाई अभिभावकले सहयोग गर्नु पर्ने पनि डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय