• पवन प्रसाद साह

हाम्रो जनकपुर / बिरगंज,पर्सा बुधवार गोली हानी हत्या भएको पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला अध्यक्ष शुमेसवरनाथ उपाध्यायले माग गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका-२ खेसहरिया टोल नजिकै रहेको हनुमान मन्दिरको पुजारी श्रीराम साहको गत बुधबार खाना खाने समयमा गोलि हानी हत्या भएको थियो। हत्या भएको चार दिन बितिसक्दा पनि अझै हत्यारा पत्ता नलागेकोले तुरुन्त अनुसन्धानलाई तिब्र बनाएर हत्यारा पक्राउ गरि कारबाही गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला अध्यक्षले माग गरेको छ। पुजारीको गोलि हानी विभत्स हत्या भएको र अझै सम्म हत्यारा पत्ता राष्ट्रिय प्रजातन्त्रपार्टी पर्सा जिल्ला अध्यक्षले जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहट समक्ष जोडदार माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय