हाम्रो जनकपुर / जनकपुरधाम । एक हनुमान मन्दिरका महन्थ एवं पुजारी श्रीराम साहको निर्ममता पुर्बक हत्या गरिएको विरोधमा अभियानहरुले जनकपुरधाममा आज विरोध प्रदर्शन गरेका छन् । जनकपुरमा मनीष हिन्दूको अगुवाईमा भएको प्रदर्शनमा हत्यारालाई अबिलम्ब कानुनी दायरामा ल्याएर कडा भन्दा कडा सजायको मांग गरिएको छ । साथै साधु आफना धर्म निर्वाह गरिरहेको अवस्था हत्या गरिएकाले शहिद घोषणाको समेत मांग गरिएको छ ।

त्यसै गरि साधुसन्त एवं हिन्दू अभियन्ताहरुलाई सुरक्षा दिन नसक्ने भन्दै प्रदर्शनकारीहरु प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको समेत राजीनामा मांग गरेका छन् । प्रदर्शनमा अभियानका अभियंता संजय यादव, जय यादव, रवि साह एबं मोहन साह सहितको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय