हाम्रो जनकपुर / जनकपुरधाम, भदौ ६ : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १० हारसरमा दुई समूहबीच झडप हुँदा ६ जना घाईते भएका छन् । घाईते हुनेहरुमा हारसर पछबारी टोलका पूजन चौधरी, दिप नारायण चौधरी, विरेन्द्र चौधरी, रामकरण चौधरी, विनोद साह र अभिषेक चौधरी छन् । अधिकांशको टाउको फुटेको छ । घाईते पूजनको उपचार जानकी हेल्थ केयर जनकपुरमा र अन्यको उपचार प्रादेशक अस्पतालमा भइरहेको छ ।

शुक्रवार साँझ ललित पासवान र महबुब पासवानबीच कुटाकुट भयो । महबुब हारसर पुरबरिया टोलका छन् । कुटाकुटपछि दुबै टोलका मानिसहरु त्यहाँ पुग्यो । त्यसपछि पुरबरिया टोलका युवाहरुले पछवरिया टोलका ६ जनालाई कुटेका थिए । चोटपटक भने पुरवरिया टोलका युवाहरुलाई पनि लागेको छ ।

पछबरिया टोलका ६ जनालाई बढी चोट लागेकाले उनीहरु अस्पताल भर्ना भएपछि कुटपिटमा संलग्न पुरबरिया टोलका युवकहरु फरार भएका छन् । घाईते हुनेगरी पछबरिया टोलका युवाहरुलाई कुट्नेमा महबुब राइन, मतबुल राइन, ममताज राइन, रफिद कवारीलगायतका छन् ।

घटनाबारे महेन्द्रनगरका सितेश झा फेसबुकमा लेख्छन – एक जनाको जानकारी अनुसार सामान्य भनाभनलाई आफ्नो बलको आडमा एति ठूलो दुर्घटना निम्त्याउने प्रयास गरेको हो । यो घाट्ना निन्दनीय र दुःखद छ । यस्ता गतिविधि गरेर समाजमा रहेका गरिब, कमजोर र एकल परिवारहरुलाई आफ्नो बाहुल्यको अगाडि झुक्याएर राख्ने प्रवृती बुझिन्छ ।’

यस्तो छ धाइतेहरुको आरोप

घाइतेहरु भन्छन् ‘वडा अध्यक्षको निर्देशनमा वडा सदस्य आफै त्यहाँ उभिएर हामीहरुलाई ज्यान मार्न लगाएको छ ।’ उनीहरु भन्छन् ‘क्षिरेश्वर नगरपालिका १० हारसर टोलमा हिजो राती ८ बजे वडा अध्यक्ष रामपदार्थ यादवको निर्देशनमा वडा सदस्य राइन आफै उभिएर सकिब कबाडी, मतबुल कबाडी, नसिरुल कबाडी, रफिद कबाडी, ममताज कबाडी लगायत अन्य २० जना ब्यक्तिहरुवाट उनिहरुले आफ्नै घरनजिक हामी घाइते बिबेक चौधरी, अभिषेक चौधरी , पन्कज चौधरी, बिरेन्द्र चौधरी , रामशरण चौधरी , प्रदिप साह , सोनु , सत्यनारायण चौधरी र दिप नारायण चौधरीलाई घेरा बनाई रड, बेल्चा र लठ्ठीले एक एक ब्यक्तिमाथी सङ्घातिक हमला गराई ज्यान मार्न लगाएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय