हाम्रो जनकपुर / जनकपुरधाम, भदौ ६ गते । प्रदेश २ सरकारले धनुषाकोको गंगुलीमा कोरोना संक्रमितलाई राखन बनाएको आइसोलेसनमा मेस्तर नै कोरोना संक्रमितको थर्मलगन सहित ज्वोरो नाप्ने गरेको खुलेको छ । धनुषाको नगराइन नगरपालिका–५ गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको भवनमा प्रदेश सरकारले निमार्ण गरेएको आइसोलेसन सेन्टरमा मेस्तरले ज्वोरो मापन गर्ने गरेको खुलेको हो ।

शनिबार जनकपुरका कोरोना संक्रमति एक सञ्चारकर्मी र मधुमेह सहितका कोरोना संक्रमितलाई शरिरको तापक्रम मापन र्गन गएपछि उनलाई फर्काएका छन् । संक्रमितहरुले मेस्तरलाई प्रश्न गरे, ‘तपाई मेस्तर भएर हाम्रो तापक्रम जाच्न किन आउनुभो ? यो त डाक्टरको काम हो ?’

डा.ले विरामी चेक न गरेर स्वीपरले चेक गछन Video: https://www.facebook.com/1535451686760587/posts/2406307549674992/

प्रदेश २ सरकारले धनुषाको गँगुलीमा बनाएको उत्कृष्ट अाइशोलेसनमा स्वीपरले जाँच्छन् कोरोना संक्रमितको ज्वरो Video: https://www.facebook.com/1535451686760587/posts/2406307549674992/

मेस्तरले सहजै भने, ‘डाक्टर सा’प बाहिर हुनुहुन्छ । मलाई उहाँले नै पठाउनुभएको छ ।’
संक्रमित सञ्चारकर्मीले उनलाई सामान्य मानिसमा कति डिग्री तापक्रम हुन्छ भनेर प्रश्न गर्दा जवाफमा ती मेस्तरले भने, ‘मलाई के थाहा ? म त फोहोर सफा गर्ने मेस्तर छु, डाक्टर सापले मलाई भन्नुभयो म आईहाले ।’

गत चैत १४ गतेबाट सञ्चालित क्वारेन्टाइनलाई जेठ महिनाको अन्तिमा सोही भवनलाई रंगरोहन गरी आइसोलेनमा परिणत गरेको थियो । यस आइसोलेनमा मेस्तर कोरोना संक्रमितको ज्वोरो चेक गर्नु उदाहरण मात्रै हो । यहाँ त यस्ता कयौँ बेथितिहरु छन् । कारोना उपचारमा गएका संक्रमितलाई न पौष्टिक खानको व्यवस्था छ । न त् यहाँ सरसफाईको । आइसोेलेसन कोठामा इट्टाको टुक्रा जताततै फालिएको छ । न बेडमा कसैको झुल छ नत् कसैको बेडमा ओछ्याको व्यवस्था गरिएको छ ।

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको मतहतमा सञ्चालित भएका छन् । प्रदेश सरकारले क्वारेन्टिलाई आइसोलेसनमा परिण गए लगत्तै एसियाकै सबैभन्दा उत्कृष्ट आइसोलेसन सेन्टर निर्माण गरको दाबी गर्दै आइरहेका छन् । एसियाका कयौं विकसित देशहरुले अहिलेसम्म आफु एसियाका सबैभन्दा उत्कृष्ट आइसोलेसन सेन्टर निमार्ण गरेको दाबी गर्न सकेका छैनन् । तर नेपाल जस्ता अविकसित मुलुकले एसियाका उत्कृष्ट आइसोलेसन सेन्टर निमार्ण गरको भन्दै अविश्वास लागेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय