हाम्रो जनकपुर / जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ९ स्थित ‘गोरधई’ पोखरीमा एक २२ वर्षीय युवक मृत अवस्थामा फेला परेको छ ।

प्रहरीका अनुसार मृतक युवक सर्लाहीका अविनाश कर्ण हुन् । उनी जनकपुर ९ शंकटमोचन मन्दिर छेउमा डेरा लिएर बस्दै आएका थिए । उनी आफैं पोखरीमा डुबे वा कसैले हत्या गरेर फाले भन्ने विषयमा केहि खुल्न सकेका छैन ।

पोखरीमा युवकलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनको शव पोखरीबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ । शव हेर्न पोखरीको डिलमा सर्वसधारणको ठूलो भिड लागेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार ति युवकको केही महीनादेखि मानसिक सन्तुलन बिग्रेको थियो । औषधी समेत खाइरहेका थिए । मृतक युवक घरबाट भागेर जनकपुर आई बसेको कुरा उनकै आफ्न्तले प्रहरीलाई बताएका छन् ।

यद्दपी घटना विषयमा अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय