हाम्रो जनकपुर / जनकपुरधाम, भदौ ६ गते । ‘बेडवरिपरी चारैतीर फोहोर थुपारिको फोहोरबाट गन्ध आउन थालेको छ । लाईन रहुन्जेल पंखा चल्छ । तर लाइन कटेपछि लामखुट्टेले टोकेर हैरान पारिदिन्छ, आइशोलेसनमा बस्दै आएका जनकपुरका संचारकर्मी राकेश साहले गुनसो पोखे, ‘गोठमा यो भन्दा राम्रो सररसाफाई हुन्छ । गाइगोरुले जस्तै खाने खाना खानुपर्ने बाध्यता छ । पौष्टिक आहारको कुरै छोडौँ पानी तताउने सुविधा पनि छैन् ।’

धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रमा संचालित सो आइशोलेसन केन्द्रमा महिनौदेखि सरसफाई नभएको उनी बताउँछन् ।

चैत १४ गतेबाट संचालित क्वारेन्टिलाई जेठको अन्त्यतीर आइशोलेसनमा परिणत गरिएको थियो । डाक्टर तथा स्वास्थ्य विज्ञका अनुसार संक्रमण पुष्टि भएपछि विशेष हेरचाह, चिकित्सकीय निगरानी र स्वस्थय तथा सफासुघर वातावरणमा संक्रमितलाई राख्नुपर्ने हो ।

तर आइशोलेसनमा महिनौदेखि सरसफाई नहुँदा चारैतीर थुपारिएको फोहोरकै बीचमा बेड लगाएर संक्रमितहरु बाध्य छन् ।

केही संक्रमित घरबाट ल्याएको झुल र तन्ना ओछयाएर सुत्छन् भने केहीलाई भुइँमै सुत्नुपर्ने बाध्यता छ । कहिल्यै सरसफाई नै नहुने शौचालयको गन्धले बान्ता आउने गरेको उनले सुनाए । तर त्यहाँ सररसफाई कर्मचारी नै नभएको होइन् । आइशोलेसन केन्द्रमा ३ जना स्वीपर कार्यरत रहेको आइशोलेसन ईन्चार्ज सन्तोष ठाकुरले जानकारी दिए ।

बाहिरबाट झट्ट हेर्दा रंगरोगन गरिएको आकर्षक भवनले कोरोना संक्रमित व्यक्तिको मनै लोभ्याउँछ । तर भित्रीको भ्रदगोल र कहालीलाग्दो अवस्था छ । धनुषाको मिथिला विहारी नगरपालिका–५ का उच्च रक्तचाप र दमका दिर्घरोगी रहेका ७५ वर्षीय वृद्धको दिनचार्या समेत फोहोरकै डंगुरको छेउमा बितिरहेको छ । उनी सुन्तने खाटमुनि मात्र नभइ छेउछामा थुप्रिएको फोहोर गन्हाउन थालेका छन् ।

‘यहाँ त दिनप्रतिदिन झनै विरामी पर्न थालेको अनुभव गर्दैछु । चारैतीर फोहोर छ । खाना खाने लायकै छैन् । मेरो ब्लड प्रेसर हाइ छ । कुनैबेला टाउको दुख्छ भने कुनैबेला बेचैन भइहाल्छु तर डाक्टरलाई घण्टौ बोलाउँदा सुन्दैनन् । दिनमा एकपटक पनि कोही आउँदैनन् । यस्तै रहयो भने मर्छु कि बाँच्छु ठेगान छैन,’ उनले पीडा पोखे ।

आइशोलेसनमा संक्रमित पुरुष मधुमेह ग्रसित छन् । तर फोहोर सँगै उनी मधुमेह झनै बढाउने खाना खान बाध्य रहेको सुनाए । ‘डाक्टरले आलु, कान्दा नखान भनेको छ तर यहाँ रातदिन आलु, कान्दा र भिन्डीकै तरकारी पाक्छ । दुइदिन कराएपछि मात्र रोटी खान पाएको छु,’ उनले गुनासो सुनाए ।

तर आइशोलेसनका इन्चार्ज सन्तोष ठाकुरले कोठाभित्रको सरसफाई संक्रमित आफैले गर्नुपर्ने बताए ।
‘आइशोलेसनमा सरसफाइ गर्न स्वीपरले मान्दैन् । संक्रमितले हात, धुने थाल धुने काम पनि कोठामै गर्योभने फोहोर हुँदैन ?,’ उनले भने, ‘स्वास्थ्यकर्मी दिनको तीन पटक पुगिरहेको छ । खाना पनि एकदमै राम्रो दिइराखेका छौँ । तर घरैजस्तो त सम्भव छैन नि ।’

यता सोही आइशोलेसनमा प्रदेश २ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत किराना, बिजुली, राशन, भाँडाकुडा, स्टेसनरी, कपडा लगायतका सामानहरू खरिदमा व्यापक अनियमितता भएको पनि पाइएको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले समेत चासो लिएको बुझिएको छ । सभार टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय