संकेत तस्बिर

हाम्रो जनकपुर / जनकपुरधाम : धनुषामा मृत्यू भइसकेपछि गरिएको परीक्षण पश्चात कोरोना रिपोर्ट पोजेटिभ आएको छ । नगराईन नगरपालिका ३ फुलगामाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य अवस्था बिग्रेपछि उनी विहिवार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । तर यहाँ उपचार सम्भव नभएपछि काठमाडौं लगिदै गर्दा बाटोमै उनको मृत्यू भएको थियो ।

उनको स्वाब विहिवार नै लिएको थियो । स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक बिजय झाले जानकारी दिए ।

उनको दाहसंस्कार समेत घर लगेर आफ्न्तले सोही दिन गरिसकेका छन् । दाहसंस्कार २४ घण्टापछि कोरोना पुष्टि भएपछि गाउँमा त्रास बढेको छ । नगराइन नगरपालिकाले आज राति १२ बजेदेखि ५ दिनका लागि वडा नम्बर ३ र ४ सिल गने निर्णय गरेको छ ।

नगराइनका मेयर परमेश्वर यादबले विज्ञप्तरी जारी गरेर दुई वटा वडा सिल गरिएको जानकारी गराएका हुन् । उनले सिल गरिएको वडामा भिडभाड नगर्न, पूजापाठ, मेला नगर्न र पसलहरु नखोल्न अपिल गरेका छन् ।
सभार टुडेखाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय