प्रहरीले काठ खरिद गरेको कागजात उपलब्ध गराउन भनेपछि साह पछि हटेका थिए ।

हाम्रो जनकपुर , जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहलाई काठचोर भन्दै उनको विरुद्धमा मोटरसाईकल रयाली निकालिएको छ ।

मेयर साहले आफ्नो घर बनाउनको लागि काठको तस्करी गरी ल्याएको काठमा निर्दोषलाई पेल्न खोजेको भन्दै काठचोर मेयर भन्दै नारावाजी गरिएको छ । आईतबार सबैलाका स्थानीयहरुले उनको विरोधमा मोटरसाईकल रयाली निकालेको थियो ।

केही दिन अघि मेयर साहले आफ्नो घर बनाउन जँगलबाट काठ तस्करी गरी अरुलाई फँसाउन खोजेको भन्दै नारावाजी गर्दै विरोध गरिएको हो । “मेयर चोर, काठ चोर” भन्दै नारा लगाउँदै स्थानीयहरुले मोटरसाईकल जुलुस निकालेको थियो ।

“जंगली काठ तस्करीमा मेयरको हात छ । यदि त्यस्तो थिएन भने किन मेयर साहले प्रहरीलाई भने की भोलि कागजलाई दिन्छु अहिले जान दिनुस् । पकै यो काठ मेयर कै हो हामी मुर्ख होईन । जँगलबाट सर्वसाधारण काठ तस्करी गर्दा मुद्दा लाग्ने, अनि जनप्रतिनीधिले सार्वजनिक सम्पतिको तस्करी र दुरुपयोग गर्दा मुद्दा नलाग्ने ?”– एक प्रदर्शनकारीले भने ।

दुई साता अगाडि चुरे क्षेत्रबाट तीन वटा ट्रयाक्टर लोड भएको काठ सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले काठसहित ट्रयाक्टर नियन्त्रणमा लिएपछि सबैलाका नगर प्रमुख साहले इलाका प्रहरी कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म पुगेर छुटाउन प्रयास गरेका थिए ।

प्रहरीले काठ खरिद गरेको कागजात उपलब्ध गराउन भनेपछि साह पछि हटेका थिए । नगर उपप्रमुख कापरले अवैध ढुवानी भइरहेको काठ नियन्त्रणमा लिएर प्रहरीले सर्जमिन गर्दा स्थानीयले प्रष्ट रुपमा साहको काठ रहेको भनेको हुँदा सोही अनुरुप कारवाही प्रक्रिया अघि बढ्नुपर्ने माग गरेकी छिन् ।

कोरोना कहरको बहाना बनाएर विकासको काम ठप्प पारी अवैध कारोबारमा सक्रिय भएको भन्दै कापरले साह विरुद्ध भ्रष्टाचार मुद्दामा कारवाही चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेकी छिन् सभार न्युज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय