हाम्रो जनकपुर / जनकपुरधाम, ३२ साउन । गृहमन्त्री रामबहादुर थापाको तस्वीर जलाएको भन्दै दुई जना युवालाई प्रहरीले जनकपुरको भानु चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजेश यादव र सुनिल साह छन् । थाहाखबरका धनुषा संवाददाता सन्तोष यादव र अर्का पत्रकार सिबेन्द्र रोहितालाई कुटपिट गर्ने दोषी प्रहरीमाथि कारबाही गर्न आलटाल गरेको भन्दै प्रशासनविरुद्ध नाराबाजी गरी उनीहरुले गृहमन्त्री थापाको तस्वीर जलाएका थिए । सोही क्रममा यादव र साहलाई प्रहरीले समातेर जिल्ला प्रहरी कार्यालय लगेको स्थानीय रुपेश यादवले बताए ।

जनकपुरस्थित नव जीवन अस्पतालको लापरबाहीले गत बिहीबार राती मृत्यू भएकी महिलाको शव शुक्रबार राती प्रहरीले बल प्रयोग गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको थियो । सोही बेलाको तस्वीर खिच्न लाग्दा पत्रकारद्वय यादव र रोहितालाई प्रहरीले घेरा हालेर निमर्मतापूर्वक कुटपिट गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय