हाम्रो जनकपुर / लहान :सिरहाको औरही गाउपालिका मा अख्तियारको टोलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकममा व्यापक अनियमितताको आशंका गरिएको छ । अनियमिता भएको गुनासो व्यापक आएपछि कागजात छानविनका लागि अख्तियारले नियन्त्रणमा लिएको छ । औरही गाउपालिकाले कोरोना भाइरस (कोभिड–१९) मा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि अख्तियारको टोली बर्दिवासले कागजातको प्रतिलिपि नियन्त्रणमा नियन्त्रणमा लिइ छानविन थालेको हो ।सिरहाकोका स्थानिय तहमाहरुमा कोरोनाको नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेको थियो । औराही गाउपालोकाले समितिलाई २ करोड २० लाख ८० हजार ९ सय २९ रुपैयाँ खर्च गरेको एकमुष्ट हिसाब सार्वजनिक गरेको थियो। गाउँपालिका प्रमुख सिद्धार्थ यादबले कोरोना रोकथाम तथा नियन्त्रणको नाममा जनप्रतिनिधिका लागि करिब १२ लाख रुपैया निकालेर आफ्नो निजी खातामा राखेका छन् । यस्तै झुल खरिदमा समेत व्यापक रकम खर्च गरेको छ ।पदाधिकारीको भत्तामा मात्र नभई गाउँपालिकाले कोरोना भाइरस रोकथाम खर्चमा एक मुष्टै २८ लाख २४ हजार ३ सय ८७ खर्च देखाएको छ तर कुन सामग्री कति खरीद गरिएको छ त्यो केही उल्लेख गरिएको छैन। गाउँ पालिकाले हिसाब सार्वजनिक गरेपछि भ्रष्टाचारको रहस्य खुलेपछि अख्तियारले चासो लिएको हो ।कोरोना रोकथाम तथा नियन्त्रणको नाममा व्यापक भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको कार्यालय बर्दिबासको टोलीले छापा मारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय