हाम्रो जनकपुर / साउन ३२ गते : नेपाल आयल निगमले इन्धनको मूल्य १-१ रुपैयाँले बढाएको छ । निगमले जारी गरेको नयाँ मूल्य अनुसार पेट्रोल १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टीतेल ९१ रूपैयाँ प्रतिलिटर पुगेको छ ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए ।

हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेकाे प्रवक्ता उपाध्यायले बताए । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय