हाम्रो जनकपुर / रौतहटमा भदौ १ देखि ७ गते सम्म लकडाउन यथाबत रहने जिल्ला प्रसासन रौतहटले जनाएको छ।

आज बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव राय यादबले बताए ।अर्को तिर सर्व सधारन -जनताको समस्यालाई मध्यनजर गर्दै खाद्यान्न सामग्रीको पसल १,३,५ गते विहान ६ बजे दखि ९ बजे सम्म खोल्ने पाउने तर अन्य क्षेत्र भदौ ७ गते सम्म बन्द यथावतै राख्ने जिल्ला प्रशासन कार्यालय रौतहटले निर्णय पनि गरेको छ।

पसल खोल्न क्रेता र बिक्रेताले रोकोना संक्रमण रोक्न सावधानी स्वरुप माक्स, फेससिड ,ग्लोब्स र सेनेटाइजर प्रयोग गरि भौतिक दुरि कायम गरि किनबेच गर्न पाउने निर्णय गरेको हो।
जिल्ला प्रसासनले जारी गरेको सुचना र निर्णयको अवज्ञा गर्ने जो -कोहिमाथी कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रसासन कार्यालय रौतहटले जनाएको छ ।
पच्छिलो समय रौतहटमा कोरोना संक्रमणको संख्यामा वृद्धि भएपछि गत २४ गते देखि ३२ गते सम्म जिल्ला लकडाउन गर्ने जिल्ला प्रसासन कार्यालय रौतहटले निर्णय गरेको थियो ।

अझ पनि संक्रमणको संख्यामा वृद्धि भइरहेकोले पुनः एक हप्ताको लागि लकडाउन थप गरिएको जिल्ला प्रसासन कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय