हाम्रो जनकपुर / लहान : सिरहाको को स्थानिय तहमा आर्थिक अनियमितता, भ्रष्टाचार र शक्ति दुरुपयोग भएको देखिन्छ । सिरहाका नगरपालिका तथा गाउँ पालिका हरुले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको नाउँ मा व्यापाक भ्रष्टाचार भएको भन्दै स्थानीय नागरिक हरुले पारदर्शीताको माग गरेका छन। सुखिपुर नगरपालिकाले महामारी कोरोना भाईरस लाई रोकथाम तथा उपचारको नाममा व्यापक अनियमितता र भ्रष्टाचार भएको र कोरोना नियन्त्रणको लागि करोडौं रूपैयाँ खर्च विवरण फाईलमा मात्रै सिमित भएको भन्दै सुखिपुर नगर सुधार समितिका अध्यक्ष बि पी भुवन यादव ले खर्च विवरण पुर्ण रुपमा पारदर्शी गर्न माग गरेका छन् ।

अध्यक्ष बि पी यादव ले बर्ष भरीको आय व्यथ विवरण विभिन्न व्यक्तीहरु पटकपटक माग्न जादा सुचना दिएनन् । सुचनाको हकलाई समेत कुन्ठित गरि सुखिपुर नगरपालिकाको प्रमुखले तानाशाही व्यहार देखाएको बताएका छन। अध्यक्ष बि पी ले सुखिपुर नगरपालिकाले मनमानी ढंगले बर्ष भरी ठेक्का , मस्हलन्द , ईधन, तालिम , गोष्ठी , गाडी मर्मत , सूचना , भत्ता , कोरोना भाइरस नियन्त्रण नाममा अनावश्यक कमिसन लिइ नितिगत भ्रष्टाचार गरेको आरोप लगाएका छ्न। कोरोना भाइरसको महामारी नियन्त्रण गर्नका लागि राखिएको कोरोनटाईन र राहत नाममा विभिन्न किसिमको बिल, भरपाई पेस गरि ब्रहमलुट गरेको स्थानीय समेत ले बताएका छ्न।

अध्यक्ष बि पी ले यस्तो अवस्थामा पनि भ्रष्टाचार भएको अत्यन्तै निद्नीइय र चिन्ताजनक हो। साथै सुखिपुर नगरपालिका रहेका सम्पूर्ण बुद्धिजिवी, समाजसेवी, द्लित ,युवाहरूलाई एक ठाउँमा हुन्न र भ्रष्टाचार रोक्न आग्रह समेत गर्नुभएको छ। महामारीको बेला स्थानीय तहहरुमा अनियमितता भइरहेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला समन्वय समिती सिरहा लगायतका सरोकारवालाहरुको संयुक्त बैठकले सिरहाका स्थानीय तह हरुले खर्च को विवरण सार्वजनिक गरेको हो ।

तर, सार्वजनिक गरिएको खर्च विवरण हेर्दा सबैजसो स्थानीय तहमा व्यापक अनियमितता भएको देखिन्छ । स्थानीय तहहरुले गरेको खर्च विवरण संक्षिप्तमा सार्वजनिकीकरण गरेपछि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका नाममा स्थानीय तहहरुले व्यापक भ्रष्टाचार गरेको आवाज उठिरहेको छ । देशमा संघीयता आएसँगै भ्रष्टाचारको घट्नामा पनि वृद्धि भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय