कोरोनाको नाममा करोडौ खर्च तर छैन आईसीयू र भेन्टीलेटरको व्यवस्था

हाम्रो जनकपुर / जनकपुरधाम, साउन ३० गते । उपचारको आभावमा धनुषाको जनकनन्दनी गाउँपालिका ४ खजुरीका ५० वर्षिय एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएको भोली पल्ट उनको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनी कोरोना संक्रमति रहेको पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ । कुनैपनि अस्पतालले भर्ना लिन नमानेपछि उपचार आभावमा उनको मृत्यु हुन गएको हो ।

प्रादेशिक अस्पताल समेतले आइसीयू बन्द रहेको भन्दै भर्ना नगरी रेफर गरिदिएपछि उपचारका लागि काठमाडौ पुगेको क्रममा उनको मृत्यु भएको हो ।

यसरी भयो उनको मृत्यु

श्वाँस प्रश्वासमा समस्या भएपछि बुधवार दिउंसो करीब १२ एक निजी क्लिनिकमा चेकजाँच गराउंदा आक्सीजन लगाउनुपर्छ भन्यो तर भर्ना लिन मानेन । त्यो क्लिनिकको लिएर करीब १ बजेदेखि सबै अस्पतालको चक्कर लगाए तर भर्ना लिन मानेन ।

पछि उनले छिमेकी समेत रहेका गाउँपालिका उपप्रमुख भारती कार्कीलाई पिडा सुनाए । उपप्रमुख भारती समेत उनी सँगै अस्पतालको चक्कर लगाए तर प्रादेशिक अस्पताल समेतले भर्ना लिन मानेन ।

लोकपुकारसँग कुरा गर्दै उनले भनिन् आफू जनप्रतिनिधिको हैसियतले जिल्लाका सीडीओ, एसपी, मन्त्री सहित सरोकारवाला निकाय सबैलाई गुहार लगाए तर कसैले सहयोग गरेन । अन्त्यमा अनुसन्धानका एक डिएसपीले दबाव दिएपछि प्रादेशिक अस्पतालले राती करीब ११ बजेति भर्ना त लियो, तर चिकित्सकले आइसीयूको भेन्टिलेटरमा राख्नुपर्छ यहाँ छैन भनी रेफर गरिदियो ।

प्रादेशिक अस्पतालकै आइसीयूमा राख्न भनेपछि अस्पताल व्यवस्थापकले चिकित्सक तथा स्वास्थ्यकर्मी होम क्वारेन्टिन र आइसोलेसनमा रहेका कारण आइसीयू सेवा बन्द भएको र भेन्टीलेटर पनि नरहेको कुनै उपचार नै नगरी रेफरको पुर्जी थमाई दियो, अन्ततः उपचारका लागि काठमाडौ लगियो तर दुर्भाग्यवश नर्भिक अस्पतालको गेटसम्म पुग्दापुग्दै मृत्यु भयो भकानिदै उपप्रमुख कार्कीले भनिन ।

सामान्य श्वाँस प्रश्वासमा समस्या भएका उक्त बिरामीलाई आक्सीजनका लागि दिनभरि अस्पतालको चक्कर लगाउंदा लगाउंदा झन सिकिस्त भयो र उपचार आभावमा मृत्यु हुन पुगेको आरोप उनले लगाईन । उनले भनिन समयमा उपचार भइ दिएको भए बचाउन सकिन्थ्यो । तर अस्पतालकै मनपर्दीको कारण नाहकमा उनलाई ज्यान गुमाउनु परयो ।

उपप्रमुख कार्कीका अनुसार मृतकले श्वाँस प्रश्वासमा समस्या भएअघि नै पीसीआर टेस्टका स्वाब संकलन गराएका थिए । तर रिपोर्ट मृत्युको भोली पल्ट शुक्रवार आएको छ ।

मृतकको अन्तिम संस्कार सेनाको सहयोगमा गाउँमै गरिएको छ भने तिनका परिवार सहित २२ जनाको स्वाब संकलन शुक्रवार नै गरिएको बुझिएको छ ।

उपप्रमुख कार्कीले जनताको पैसाबाट चल्ने प्रदेश सरकारले कोरोनाको नाममा करोडौ खर्च गर्दै आएको तर प्रादेशिक अस्पताल जस्ता ठाउँमा आइसीयू र भेन्टिलेटर व्यवस्था नहुनुले प्रष्ट हुन्छ कि प्रदेश सरकार भ्रष्टाचारमा लिप्त र असफल हो ।

सभार लाेकपुकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय