जनकपुरधाम नवजीवन अस्पतालमा डाक्टरकाे लापरबाहीले महिला मृत्यु , घटनाकाे रिपोर्टिंगमा गएका पत्रकार माथि प्रहरीले गरे कुटपिट

हाम्रो जनकपुर / जनकपुरधाम, साउन ३० गते । अस्पतालको चारम लारपरवाहीले महिलाको मृत्यु भएको घटनाको रिपोर्टिंग गर्न गएका दुईजना पत्रकारमाथि प्रहरीले लाठी चार्ज गरेका छन् । थाहाखबरका जनकपुर समाचारदाता समेत रहेका टुडेखोजका सन्तोष यादव र टुडेखोजका समाचारदाता शिवेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेका हुन् ।

नवजीवन अस्पतालको लापरवाहीले बिहीबार साँझ ज्यान गुमाएकी जनकपुरधाम उपमहानगरपालिका १ निवासी ३५ बर्षीया रुकमणि सदाको शव प्रहरीले जवरजस्ती उठाउन गएको बेला समाचार संकलनमा गएका पत्रकार यादव र रोहितामाथि कुटपिट भएको हो ।

मृतक परिवारले दोषीमाथि कारबाही, क्षतिपुर्ति सहित चार सुत्रिय माग राख्दै शव उठाउन अवरोध गरेको थियो । प्रहरीले लाठीचार्ज गर्दै शव उठाउन खोजेपछि त्यसै क्रममा रिपोर्टिंगमा रहेको बेला प्रहरीले आफुमाथि आक्रमण गरेको र आफु पत्रकार भन्दा पनि लाठीचार्ज गरेको दुखेसो पोखे । लाठीचार्जबाट घाइते दुबै पत्रकार उपचारपछि फर्केका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय