जनकपुुरधाम : आगो लगाएर गाइ मारेको अभियोगमा आफ्नो कार्यकर्तालाई फसाएको भन्दै नेपाली कांग्रेसले धनुषाको महेन्द्रनगरमा प्रर्दशन गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी नै कांग्रेस कार्यकर्ताहरुले झुठा मुद्दा खारेज गर, निर्दोषलाई फसाउन मिल्दैन, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका हुन् । दुइ कार्यकर्तामाथि चलाएको मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

साउन २४ गते राति धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ महेन्द्रनगरस्थित नेकपा नेतृ पल्टीदेवी यादवको घरमा आगलगी भएको थियो । आगलगीमा एक गाई, १ बाछा र १ बाछी जलेर मरे । घरमा आगो लगाएर गाइ र बाछा-बाछी मारेको भन्दै नेतृ यादवले दुई कांग्रेस कार्यकर्तामाथि मुद्दा दर्ता गराएकी हुन ।

उक्त घटनामा आफ्नो कार्यकर्ताको संलग्न नरहेको भन्दै कांग्रेसले पक्राउ परेकालाई रिहा गरी सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने प्रहरीसंग माग गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय