हाम्रो जनकपुर / जनकपुरधाम –
काठमाडौंमा मृगौलाको उपचारत्त एक मधेशी सहयोगको अपिल गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ पर्वता बस्ने शिबनाथ महतोले सम्पूर्ण मधेश तथा देशबाशी संग सहयोगको अपिल गरेको हो ।

दुबै मृगौला काम गर्न छोडेपछि महतौ काठमान्डौको राष्ट्रि मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा तीन साल देखि लगातार उपचार गराई रहेका छन् ।

तीन सालको लामो समय सम्म काठमान्डौमा बसी उपचार गराई रहदा घर जग्गा समेत बृक्रि भएको तथा अब आफनो स्वास्नी र ५ सालको छोरी काठमान्डौको सडकमा भीख मागि दैनिक जिविका तथा मृगौलाको उपचार गराउन बाध्य भएको महतो बताएको छ ।

उनले अब आफनो मृगौलाको उपचार गराउन केही बेच्न बाकीँ नरहेको भन्दै सम्पूर्ण मधेशी समुदाय र देशबासीहरुमा आफनो मृगौला उपचारको लागि आर्थिक सहयोग मांगेको बताए ।

उनको स्वास्नीलाई पनि पथरीको समस्या रहेको गुजार टाल्न धेरै समस्या भईरहेको उहाले बताउनुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय