हाम्रो जनकपुर /जनकपुरधाम, साउन २९ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरु भोलिदेखि अनिश्चितकालका लागि बन्द भएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार जिल्लामा कोरोना संक्रमणको जोखिम दिनप्रति दिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै सुरक्षा सतर्कता अपनाउन अर्को सूचना जारी नभएसम्मका लागि यस्तो निर्णय गरिएको हो ।

‘जुन सेवा अहिले नदिईहुन्न, ती सेवाहरु सूचारु नै रहनेछन् । तर, जुन सेवा दिँदा जोखिम बढ्ने सम्भावना हुन्छ, त्यस्ता सेवाहरु तत्कालका लागि बन्द गरेका छौं’, उनले भने ।

नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सीडीओ भट्टराईले बताए ।

त्यस्तै अत्यावश्यक सेवा अन्तर्गत शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरु सञ्चालन रहने भट्टराईको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय