धनुषा: चोरी भएको मोटरसाइकल भेट्यो, दाजु–भाईसहित चार जना पक्राउजनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ८ बाट चोरी भएको मोटरसाइकलसहित दाजु–भाईसहित चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सोही ठाउँका सुरेश बिराजी, उनकै भाई महेश विराजी, गंगा दास र रोषण दास छन् । उनीहरुले मंगलवार राति जोगिन्द्र दासको घरबाट ज ३ प ५२६९ नम्बरको मोटरसाइकल चोरी गरेका थिए ।उक्त मोटरसाइकल खोजी गर्ने क्रममा युवाहरुले सुरेश विराजीलाई नियन्त्रणमा लिएपछि चोरीको रहस्य सार्वजनिक भयो । दबाबपछि उनले चोरी गरेर राखेको मोटरसाइकल फिर्ता गर्नुका साथै चोरीमा संलग्न व्यक्तिहरुको नाम सार्वजनिक गरेका छन् ।स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । अहिले उनी चारै जनालाई ईलाका प्रहरी कार्यालय यदुकोहामा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरु यसअघि पनि मोटरसाइल चोरी काण्डमा संलग्न रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय