हाम्रो जनकपुर / सिरहा । सिरहामा श्रीमान र सासुको निर्मम कुटपिटबाट एक महिलाको ज्यान गएको छ ।

सिरहा नगरपालिका–१६ माडरकी २० वर्षीया ककुल्ती दासको कुटपिटबाट ज्यान गएको हो । ककुल्तीलाई उनका श्रीमान २१ वर्षीय धिरज दास र उनकी आमा ५५ वर्षीय राजकुमारी दासले सोमबार साँझ निर्मम तरिकाले कुटपिट गरेका थिए ।

तीन महिनाकी गर्भवती रहेकी ककुल्तीलाई कुटपिट गर्दा पेटमा चोट लागेको थियो । पेटमा चोट लागेपछि उनी पटकपटक श्रीमान र घरका सदस्यलाई उपचारको लागि लैजान गुहार गरिन् ।

तर, कसैले वास्ता नगरेपछि राति सुत्न गएकी ककुल्ती कोठामै दम तोडेकी हुन् । उनको शव मंगलबार विहान सुतेको कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अत्यधिक पीडापछि मंगलबार विहान उनको छट्पटिएर ज्यान गएको मृतककी बुवा धनुषाको विदेह नगरपालिका–१ का चन्दर दासले भक्कानिदै सुनाए । मुत्यु भएपनि आफूहरुलाई छोरीका घरका सदस्यले कुनै जानकारी नगराएको र उनका छिमेकीले फोन गरेपछि मात्र थाहा पाएको उनले बताए ।

मृतक ककुल्तीका बुवा चन्दरका अनुसार, ज्वाइँ धिरज र उनकी आमाले ककुल्तीलाई पटकपटक दैनिकजसो कुटपिट र यातना दिँदै आएका थिए । उनीहरुको गत २०७६ साल फागुन २३ गते मात्र विवाह भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय