प्रहरीले जनाए अनुसार, हतियार बेचविखनको लागि ल्याइरहेका थिए ।

हाम्रो जनकपुर / जनकपुरधाम । जनकपुरबाट एक युवक चिनीमा हतियार लुकाई ल्याउँदै गर्दा पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो ।

आज (सोमबार) बिहान करिब १०ः४५ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० बाह्रविघा (बारबिघा) स्थितबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टि मुसरनीया गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ का सुजित यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले गोप्य सूचनाको आधारमा उनलाई बाह्रविघा नजिकबाट पक्राउ गरेको हो । जिप्रका धनुषाको टोलीले ज १ ह ३१९२ नम्बरको ट्याम्पोलाई चेक जाँच गर्दा सोही टेम्पुमा बसेका यादवको साथबाट पेस्तोल बरामद गरेको छ ।

कालो रंगको प्लाष्टिकको झोलामा राखिएको चिनि भित्र लुकाई छिपाई राखेको ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोमा प्रयोग हुने एउटा म्याग्जिन सहित यादवलाई पक्राउ गरिएको हो ।

पेस्तोल सहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको जनाइएको छ । प्रहरीले जनाए अनुसार, हतियार बेचविखनको लागि ल्याइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय