आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

तस्विर : प्रमुख गुप्ताको फेसबुक वालबाट साभार

हाम्रो जनकपुर / जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रीड शाखाका कार्यालय प्रमुख एक करोड २४ लाख बढीको चेक सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटि गएको टोलीले ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित पक्राउ गरेको हो ।

प्रमुख गुप्तालाई सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज (शनिबार) पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिल्यै चेक काटेर लिई हिँडेको आयोगले जनाएको छ । पक्राउ परेका गुप्ता प्राधिकरणको उपप्रबन्धक (नवौँ तह) हुन् ।

प्रक्रिया नै पुरयाई चेक लिएर काठमाडौँतर्फ जाँदै गरेको गोप्य सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले गुप्तालाई पक्राउ गरेको आयोगका प्रवक्ता अधिकारीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार हस्ताक्षर भइसकेका कार्यालयका चेक तथा स्वीकृत नभएका सोही चेकसँग सम्बन्धित कागजात लिएर काठाडौँ जाने क्रममा शनिबार (आज) गुप्ता पक्राउ परेका हुन् । आरोपी गुप्ताको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

लेखक सभार न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय