भारु ५ हजार पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा बिक्री

हाम्रो जनकपुर / कोरोना संक्रमितलाई दिइने औषधि रेमडीसिभिर आयातको अनुमति नहुँदा मौलायो कालोबजारी

भारत र बाङ्लादेशका नौ वटा औषधि कम्पनीले रेमडिसिभिर नेपाल ल्याउन औषधि व्यवस्था विभागमा निवेदन दिएका छन्। तर, विभागले यसमा कुनै पहल अघि बढाएको छैन।

वीरगञ्जस्थित नारायणी अस्पताल अन्तर्गत् कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको गण्डक कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारमा गरिरहेका डा. निरज सिंहले २२ साउनमा फेसबुकमा लेखे–

“हेलो सरकार, कोरोनाको उपचारमा सबैभन्दा प्रभाबकारी औषधी ‘रेमडीसिभिर’ औषधि व्यवस्था विभागमा रजिस्टर नहुनु, उपचारमा संलग्न चिकित्सकहरुले विरामीको ज्यान बचाउन भारु.५००० पर्ने औषधि तस्करहरूबाट रु.४० हजारदेखि ५० हजारसम्ममा किनेर गैरकानूनी काम गर्न वाध्य नबनाइ दिनुस् सरकार। विभागमा दर्ता गरेर आयात गर्न दिने हो भने यो औषधि रु.८००० सम्ममा किनेर सक्ने विरामीले आफ्नो ज्यान जोगाउन सक्छन्। यस्तो सानो कुरा पनि वीरगञ्जबाट मैले भन्नुपर्छ ? ए हजुर, यही हो हाम्रो तयारी ? ए हजुर माफी माग्छु, केही लेख्न र बोल्न मन थिएन, तर मजबुर बाध्य भएर सामाजिक सञ्जालमा ओकलेको हुँ।”

मुलुकमा कोरोना संक्रमणको महामारी फैलिएको पाँच महीना बितिसक्दा पनि संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि, रेमडिसिभिर (इन्जेक्सन) लाई औषधि व्यवस्था विभागले दर्ता नगरेको र त्यहीकारण चिकित्सकले गैरकानूनी काम तथा विरामीले महंगो शुल्क तिर्नुपरेको उनको गुनासो थियो।

कैयौंको स्वास्थ्य जटिल बनेकाले अस्पतालमा ‘क्रिटिकल केयर’सहितका उपचार गर्नुपर्ने भएको छ। यो उपचारमा अहिलेसम्म प्रभावकारी देखिएको औषधि हो, रेमडिसिभिर।

नेपालमा कोरोना संक्रमण शुरु भएपछि संक्रमितहरुमा लक्षण नदेखिए पनि पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। कैयौंको स्वास्थ्य जटिल बनेकाले अस्पतालमा ‘क्रिटिकल केयर’सहितका उपचार गर्नुपर्ने भएको छ। यो उपचारमा अहिलेसम्म प्रभावकारी देखिएको औषधि हो, रेमडिसिभिर।

डा. सिंहले हिमालखबरसँगको कुराकानीमा आफुले कोरोना संक्रमित तीन जना बिरामीमा यो औषधि प्रयोग गरेको र उनीहरुमध्ये दुई जना निको भइसकेको बताए। औषधि व्यवस्था विभागले यो औषधी आयात गर्न अनुमति नदिएकाले कोरोना संक्रमितको उपचार गर्न समस्या परेको उनले बताए। “विभागले औषधी दर्ता गर्न आनाकानी गरेका कारण वीरगञ्जमा रेमडीसिभिर औषधीको बिक्रीमा कालोबजारी बजारी भइरहेको छ,” उनले भने।

यसअघि १५ साउनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत विराटनगरका ६० वर्षीय कोरोना संक्रमितलाई पनि चिकित्सकहरुले रेमडीसिभिर दिएका थिए। उपचारमा संलग्न अस्पतालका चिकित्सक प्रा.डा. सन्तकुमार दास विमान चार्टर्डमार्फत् भारतको कलकत्ताबाट रेमडिसिभिर ल्याएर संक्रमित बिरामीको उपचार गरिएको बताउँछन्।

औषधि ल्याउने खर्च विरामीका आफन्तले व्यहोरेका थिए। “तर रेमडिसिभिरले काम नगरेपछि ती बिरामीलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो,” उनी भन्छन्।

विभागको गैरजिम्मेवारी

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले अहिलेसम्म यो औषधीलाई नेपालमा आयात, उत्पादन र प्रयोग गर्न अनुमति नदिइएको बताए।

उनले अनुमति नदिइएकाले कतिपय ठाउँमा अवैध रुपमा बिक्रिवितरण र प्रयोग भइरहेको थाहा पाएको तर यसबारे विभागमा निवेदन नपरेको बताउँदै भने, “औषधि आयातको अनुमति नदिँदा कोरोना संक्रमितको उपचारमा समस्या परेको गुनासो आएको छ। त्यसैले छिटो भन्दा छिटो अनुमति दिने तयारीमा छौँ।”

भारत र बाङ्लादेशका नौ वटा औषधि कम्पनीले रेमडिसिभिर नेपाल ल्याउन विभागमा निवेदन दिएका छन्। तर, विभागले यसमा कुनै पहल अघि बढाएको छैन। ती दुवै देशमा यो औषधिको उत्पादन र विरामीको उपचारमा प्रयोग भइरहेको छ।

नेपाल चिकित्सक संघले २३ साउनमा विज्ञप्ति जारी गरेर नेपाल मेडिकल काउन्सिलले अत्यावश्यकीय औषधीको सुचीमा राखेको रेमडिसिभिर लगायतका अत्यावश्यक सामग्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले ‘क्लिनिकल ट्रायल’ भइरहेको नयाँ औषधि आयातसम्बन्धी मापदण्ड नभएकाले आयातको अनुमति नदिइएको बताए। यो औषधि चीन, अमेरिका, इटली लगायतका मुलुकमा क्लिनिकल ट्रायल भइरहेको छ।

विश्व स्वास्थ्य संघठन (डब्लूएचओ) आफैले नेपालमा क्लिनिकल ट्रायलका लागि औषधी खरिद गर्न चाहिन खर्चदेखि यसमा लाग्ने सबै खर्च बेहोर्ने व्यवस्था मिलाएको छ।

महानिर्देशक ढकाल इमर्जेन्सीमा नयाँ औषधी ल्याउनेबारे कुनै व्यवस्था नभएकाले अब आयातसम्बन्धी मापदण्ड बनाउन शुरु गरिएको बताउँछन्।

“मापदण्ड नबनेसम्म औषधी आयातको अनुमति दिन मिल्दैन,” उनी भन्छन्, “मापदण्ड बनाउन विज्ञहरुको राय मागिरहेका छौँ।”

क्लिनिकल ट्रायलको जिम्मा पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले औषधि व्यवस्था विभागसँग अनुसन्धान वा क्लिनिकल ट्रायलका लागि रेमडीसिभिर औषधी ल्याउन २३ साउनसम्म अनुमति मागेको छैन।

विश्व स्वास्थ्य संघठन (डब्लूएचओ) आफैले नेपालमा क्लिनिकल ट्रायलका लागि औषधी खरिद गर्न चाहिन खर्चदेखि यसमा लाग्ने सबै खर्च बेहोर्ने व्यवस्था मिलाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल डब्लूएचओको विश्वव्यापी आग्रह अनुसार रेमडिसिभिर लगायतका औषधीको क्लिनिकल ट्रायल भइरहेको र नेपाल पनि यसमा सहभागी भएको बताउँछन्। तर परिषद्ले अहिलेसम्म यसको क्लिनिकल ट्रायल शुरु गरिसकेको छैन।

क्लिनिकल ट्रायलका लागि पनि विदेशबाट औषधी ल्याउनुपर्छ। त्यसका लागि औषधी व्यवस्था विभागको अनुमति चाहिन्छ। परिषद्ले अहिलेसम्म उक्त औषधी ल्याउन विभागसँग अनुमति किन मागेन ? धिमाल भन्छन्, “डब्लूएचओले केही औषधीको क्लिनिकल ट्रायलका लागि थप देशलाई अनुमति दिन रोक लगाएको छ। क्लिनिकल ट्रायलसम्बन्धमा डब्लूएचओले नयाँ प्रोटोकल बनाएपछि मात्र विदेशबाट औषधी ल्याइनेछ।”

क्लिनिकल ट्रायलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिनुपर्नेमा ढिलो गरि स्वीकृति दिएकाले औषधी ल्याउने प्रक्रिया अघि बढ्न पाएन। र, यसैबीच डब्लूएचओले थप मुलुकमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने काम रोक्यो।

उनी रेमडिसिभिर औषधीको क्लिनिकल ट्रायलका लागि थप देशलाई अनुमति दिए वा नदिएको बारे डब्लूएचओबाट कुनै जानकारी नआएकाले यसबारे क्लिनिकल ट्रायलको प्रक्रिया शुरु गर्न नपाएको बताउँछन्।

कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागले निर्णय गरेर रेमडिसिभिर औषधी आयातका लागि अनुमति दिन सक्ने डा. धिमालको भनाई छ।

परिषद्ले क्लिनिकल ट्रायलका लागि रेमडिसिभिर ल्याउने भन्दै गएको बैशाखदेखि तयारी अघि बढाएको थियो। परिषद्ले इबोलाका बिरामीमा परीक्षण भइरहेको एन्टीभाइरल रेमडिसिभिर सहितका चार प्रकारका औषधी कोभिड–१९ संक्रमितको उपचारका लागि प्रभावकारी हुने वा नहुने पत्ता लगाउन औषधी ल्याउने तयारी गरेको थियो।

क्लिनिकल ट्रायलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिनुपर्नेमा ढिलो गरि स्वीकृति दिएकाले औषधी ल्याउने प्रक्रिया अघि बढ्न पाएन। र, यसैबीच डब्लूएचओले थप मुलुकमा क्लिनिकल ट्रायलका लागि अनुमति दिने काम रोक्यो।

स्वास्थ्य अनुसन्धान परिषद्ले आठ सय जना बिरामीमाथि अनुसन्धान गर्ने उद्देश्यले रेमडिसिभिर औषधी ल्याउन लागेको थियो।

के हो रेमडिसिभिर ?

रेमडिसिभिरले कोरोना भाइरस संक्रमणलाई निको पार्दैन। तर यसले कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई छिटो निको पार्न मद्दत्त गर्छ। अहिले संसारभर नै यो औषधी कोरोना संक्रमितको उपचारमा उपयुक्त हुन सक्ने बताइएको छ। त्यहीकारण अहिले कैयौं मुलुकमा यसको क्लिनिकल ट्रायल भइरहेको छ।

गत १ मे मा अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले कोरोना संक्रमितको उपचारका क्रममा इर्मेजेन्सी एन्टीभाइरल औषधीका रुपमा रेमडिसिभिर प्रयोगलाई अनुमति दिएको थियो।

चिकित्सकहरुका अनुसार, भ्याक्सिनभन्दा औषधीको क्लिनिकल ट्रायल गरेर छिटो नतिजा निकाल्न सकिन्छ। तर, औषधीको तुलनामा भ्याक्सिनबाट गरिने उपचार प्रभावकारी मानिन्छ। किनकि, औषधीले तत्कालका लागि संक्रमण हटाए पनि भ्याक्सिनले दीर्घकालसम्म शरीरमा भाइरस विरुद्ध लड्ने रोग प्रतिरोधी क्षमता विकास गर्छ।

त्यसैले विश्वभर कोरोनाभाइरस विरुद्ध लड्न भ्याक्सिनको क्लिनिकल ट्रायललाई महत्व दिइएको छ।
सभार खाेजकेन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय