घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

हाम्रो जनकपुर / जनकपुरधाम । धनुषामा गएराती एक सुनचाँदी पसलबाट लाखौंको गर गहना चोरी भएको छ । धनुषाको सबैला भठिहन बजारबाट चोरी भएको हो । धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहन बजार स्थित रहेको श्री ज्वेलर्सबाट झण्डै ५ लाख रुपैयाँ बराबरको गर गर गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बिहीबार मध्यरातमा करिब १ बजेको समयमा चोरी भएको प्रहरीले जनाएको छ । राती करिब १२ बजे तर्फ प्रहरीको टोलि गस्तीमा पनि घुमेको थियो । तर, १ बजे रातीमा चोरी भएको जनाइएको छ ।पसल सँचालक श्री नरायण साहको अनुसार पसलमा चोरि करिब १ बजेदेखि ३ बजेको बीचमा भएको अनुमान सुनाए । सो सुन पसलमा लगाइएको सटरको ताला फुटाउन नसकेपछि चोरहरुले पछाडिपट्टीबाट कठघराको चढेर छतमाथि पसेर चोरी गरेको बताइएका छ । भित्रिको पर्खाल फोडेर गरगहना चोरी भएको पसल सञ्चालक श्री नरायण साहले जनाए । एका बिहानै पसलको अवस्था हेर्दा सटर खोल्दा वाल फोडेको देखेपछि प्रहरीलाई खबर गरेको पसल धनी साहले जनाए । घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय