हाम्रो जनकपुर / जनकपुर। अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुमरा एक सुत्केरीको ज्यान गएको छ । जनकपुर स्थित रामजानकी अस्पतलामा महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको ज्यान गएको हो ।

‘ओ’ पोजेटिभ ब्लड ग्रपुको साटो ‘बी’ पोजेटिभ ब्लड चढाउँदा बिहीबार राति गंगादेवीको मृत्यु भएको हो ।

व्यथा लागेपछि बिहीबार अपराहन्न ४ बजे उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अप्रेशन मार्फत गंगादेवीले छोरी जन्माएकी थिइन् । पछि शरीरमा रगत अभाव भएको थियो । अस्पतालले सुत्केरीको रगत सेम्पलसहित रगत लिन आफन्तलाई रेडक्रसमा पठाएको थियो ।

रेडक्रसले दिएको दुईपोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ओ पोजेटिभको ठाउँमा बी पोजेटिभ रगत चढेको पत्ता लागेको थियो । त्यसको केहि बेर पश्चात सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले बताए ।

अस्पतालले भने अनुसार नै सेम्पल लिएर गएर रेडक्रसबाट रगत ल्याएको र त्यहिँ मध्ये एउटा पोका बी पोजेटिभ रगत अस्पतालले चढाएकोले श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसलाई कारबाहीको माग गरेका छन् ।

दोषी अस्पताल र रेडक्रसलाई कारबाही र क्षतिपुर्ति नदिएसम्म श्रीमतीको शव नठाउने उनले बताए ।
यत अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको जिउमा ओको ठाउँमा बी पोजेटिभ चढेको दावी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको सेम्पल अनुसार रेडक्रसले रगत दिएको र त्यहि चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दावी गरे ।स्रोत टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय