• हाम्रो जनकपुर

    मनाेज पासवान

    धनुषाको सबैला नगरपालिका वाड नम्बर ४ पटेर्वा बस्ने सबुरिया मुखियाको २५बर्षिय छोरि फेकनी मुखियाको मृत्यु भएको छ।महोत्तरीको बकरीधर्मपुर ससुराली रहे पनि फेकनी र उन्को बच्चा सहित माइती बस्दै आइरहेको थिए।भने फेकनिको बुवा पनि केही बर्ष देखि घरमा बस्दैन घरपरिवार र बालबालिकालाई उहाको आमा पाल्दै आइरहेको भनेर सबुरिया मुखियाको

  • एकजना छिमेकीले हाम्रो जनकपुर संग भने।यता सबुरिया मुखिया परिवारको अवस्था एकदमै कमजोर रहेको सुतन बसब एक छोप्डी मात्र छ।कसरी क्रेन्ट लागेर मृत्यु भएत फेकनीको।हिजो बेलुका फेकनिको भाइले बिजुलीको तारमा हुकिङ्ग गरिरहेका थिए हुकिङ्ग सकिए पछि बिजुली बलेन भने छिमेकीको घरमा बिजुलि छ कि छैन भने फेकनिको भाईले हेर्न जादा यता फेकनी बिजुलिको तारलाई हँसिया लिएर कभर हटाइरहेको थिए त्यतिबेला नै बिजुली आइसकियो र करेन्ट प्रवाह भैइ फेकनीकि मृत्यु भयो।यता मृत्युको खबर पाए पछि वाड नम्बर ४को वाड अध्यक्ष कुशेश्वर ठाकुर सदस्य दिलिप कुमर र इलाका प्रहरी सबैलाको जवान घटना स्थलमा पुगे घटना स्थलमा पुगेपछि लहासको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको जानकारी इलाका प्रहरी सबैलाको निरीक्षक रामकुमार यादवले हाम्रो जनकपुर डटकमलाई जानकारी दिए।यता परिवारको अबस्था कमजोर रहेकोले एम्बुलेन्स खर्च लगायत १५हजार सहियोग वाड अध्यक्ष कुशेश्वर ठाकुरले दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय