जनकपुरधाम, श्रावण २२ । जनकपुर प्रादेशिक अस्पतालका आईसीयू प्रमुख संजय यादवले राजीनामा दिएका छन् ।

प्रादेशिक अस्पतालको गैर जिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आईसीयू प्रमुखले पदबाट आफूले राजीनामा दिएको बताएका छन् । उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आईसीयू खोल्न नसकेको र सिकिस्त कोरोना शंकास्पद बिरामीलाई पटक पटकको आग्रहको बाबजुद पनि जनरल आईसीयूमा अन्य बिरामीसँग राख्ने गरेको आरोप लगाएका छन् ।

यथेष्ट सुरक्षा विना स्वास्थ्यकर्मीलाई दबाव सिर्जना गरी कामकाजमा खटाइने गरेको खुलासा उनले गरेका छन् ।

सुरक्षा सामग्री बिना काम गराएकै कारण आईसीयूमा मात्रै २ जना उपचारत बिरामी, २ जना चिकित्सक, ८ जना स्टाफ नर्स र सरसफाई कर्मचारीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय