• वीरगंज,पर्सा

वीरगन्ज महानगरपालिका वडा नं. १७ अलौंका स्थानीयहरुले सशस्त्र प्रहरी विरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेपाल भारत सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरीले तस्करसँग पैसा असुलेर आवत जावतमा सघाएको र स्थानीयहरु सामान किन्न जाँदा तथा आफ्नो खेतबारीमा जाँदा दुःख दिने गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल भारत सीमा क्षेत्र स्थित नेपालतर्फ तथा भारत तर्फ हरैया पर्दछ । नेपाल भारत खुल्ला सिमाना वीरगन्ज रक्सौल आवत जावतमा बन्द भएपछि नेपालको अलौं हुँदै भारतको हरैया, भर्तमही, धुपवाटोला हुँदै रक्सौलसम्म सर्वसाधारणहरु आवत जावत गर्ने गरेका छन् । अलौं स्थित गाउँमै नेपाल भारत सीमा क्षेत्र पर्ने गरेकोले सर्वसाधारणहरु नेपाल भारत छिमेकी गाउँ आवत जावत गर्ने गरेका छन् ।
कतिपय नेपाली नागरिकको खेतबारी सिमाना हुँदै जानुपर्ने भएकोले त्यहाँ जाँदा पनि सशस्त्र प्रहरीले दुःख दिने गरेको कारण बाध्य भएर विरोध प्रदर्शन गर्नु परेको स्थानीयहरुको भनाई छ ।
सशस्त्र प्रहरी बेस क्याम्पस अलौंबाट खटिएका सशस्त्र प्रहरीले रातारात तस्करहरुलाई पैसा लिएर नेपाल भारत प्रवेश गराउने गरेको तर निषेधाज्ञा कडाई गरिएको भन्दै देखाउनका लागि सर्वसाधारणमाथि दमन गरि रहेको स्थानीयहरुको आरोप छ ।

सोमबार जनै पूर्णिमाको दिन राखी बाध्न बहिनीको घर नेपालको अलौं आएका भारतीय नागरिक आफ्नो स्वेदश फर्किने क्रममा सशस्त्रले कुटपिट गरेर घाइते समेत बनाएको स्थानीयहरुको भनाई छ । तर दिनहुँ त्यही नाका हुँदै खुलेयाम तस्करी भई रहेको अवस्थामा सशस्त्र प्रहरीले सोधपुछ पनि नगर्नुले तस्करलाई सघाउने र स्थानीयलाई दुःख दिने काम भइरहेको उनीहरुको भनाई छ ।

उनीहरुको अनुसार त्यहाँ खटिएको सशस्त्र प्रहरीले नेपालबाट अलौं हुँदै भारतको हरैया, भर्तमही, दुुःखुवा टोला हुँदै रक्सौलसम्म मान्छे पठाउने गरेको तथा एकिकृत जाँच चौकी (आईसिपिको) पर्खालको छेउँहुँदै भलुवाहाँ मठ नाकाबाट पनि सशस्त्र प्रहरीले तस्करहरुलाई छुट दिएको बताए ।
खुल्ला सिमाना हुँदै सशस्त्र प्रहरीले तस्करहरुलाई आवत जावतमा छुट दिएको र सर्वसाधारणहरुलाई निषेधाज्ञाको नाममा दुःख दिने गरेको भन्ने विषयमा बुझ्न जाँदा यसबारे हेडक्वाटरको प्रवक्ताले मात्रै जवाफ दिने भन्दै आफूलाई केही बोल्न नमिल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय