• हाम्रो जनकपुर डेस्क

जनकपुरधाम, १३ श्रावण । जनकपुरधाममा दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोधमा प्रर्दशन गरिएको छ ।

निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथा महिलाहरुले थाल पिट्नुका साथै सिटी फुकेर प्रदर्शन गरेका हुन् । उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका थिए । उनीहरु प्रहरी प्रशासन विरुद्ध प्रर्दशन गरे ।

धनुषाको शम्भु सदा र राजु सदाको हत्या र न भएको भएपनि छानविन तथा कारवाही नगरेको र दलितमाथि निरन्तर बलात्कार, कुटपिट तथा दुर्व्यवहार जस्ता घटना घट्न थालेपछि दलित अगुवाहरु आन्दोलनको घोषणा गरेका छन् ।

अब साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना र साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने दलित अगुवाहरुले जनाएको छ ।

गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अबस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राति प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो ।

सभार न्युज मधेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय