• हाम्रो जनकपुर डेस्क

जनकपुरधाम, साउन १३ : धनुषाको शहिदनगर नगरपालिकामा सम्भावित जोखिम रहेको क्षेत्रमा कन्टयाक्ट ट्रेसिंङ्गको काम सुरु भएको छ । मेयर उदय बरबरिया यादवले कोरोनाबाट मृत्यू भएको व्यक्ति पसलको आसपासको क्षेत्रमा कन्टयाक्ट ट्रेसिङ्ग सुरु गरिएको बताएका छन् ।

आइतवार मात्र कोरोना सँक्रमणले मृत्यू भएका कमला नगरपालिका वडा नं. ८ टेढामोड पसल सँचालन गर्दै आएको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियामा कन्टयाक्ट ट्रयासिँग सुरु गरिएको छ । मेयर बरबरियाले आफू विहानैदेखि डुमरियामा कन्टयाक्ट ट्रयासिँगको लागि आएको टोलीलाई सहजता प्रदान गर्न उपस्थित भएको बताउँदै मृतकको सम्पर्कमा आएका व्यक्तिहरुको कन्टयाक्ट ट्रयासिँग सोमबारदेखि नै सुरु गरिएको बताएका छन् ।

उनले शसस्त्र प्रहरीको कडा निगरानीमा उनको परिवारका सदस्यहरुलाई राखिएको बताउँदै उनले सँचालन गरेको पसल सहित उनको घरसम्मको कन्टयाक्ट ट्रयासिँगको लागि विज्ञ टोली डुमरिया आएको बताए । अहिले कन्टयाक्ट ट्रयासिँग गरी उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी ५ दिनपछि सबै जनाको स्वाब सँकलन गरी परीक्षण गरिने बताए । स्वास्थ्य शाखा, प्रशासन सम्मलित टोलीले कन्टयाक्ट ट्रयासिँगको कार्य सुरु गरेको उनले बताएका छन् ।

कन्टयाक्ट ट्रयासिँगपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरेर त्यो क्षेत्रलाई सील गर्ने तयारी समेत गरेको उनले बताए । क्षेत्र सीलको लागि प्रावधान र कार्यक्षेत्र भएको भन्दै जुनसुकै बेला क्षेत्र सील गर्ने अवस्था नरहेको उनले बताए । ६ जना टेढामोड स्थित घरमै होम क्वारेन्टाइन, मृतकसँग उपचारको लागि सँगै गएका ३ जनालाई जनकपुरको गोपाल धर्मशाला क्वारेन्टाएन र बाँकी ४ जनालाई डुमरियामा होम क्वारेन्टाइन गरिएको हो ।

मेयर बरबरियाले भने, ‘अहिले शसस्त्र प्रहरीको कडा निगरानी राखिएको छ । उनको परिवारको १३ जनालाई घरबाट निस्कन दिएको छैन । अब ५ दिनपछि नै परीक्षण हुनेछ । तबसम्म स्थानीयहरुले पनि निगरानीमा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय