• हाम्रो जनकपुर डेस्क

जनकपुर- कोभिड १९ बाट सन्क्रमित भइ पहिलो पटक धनुषामा मृत्यु भएका एक युवाको शवलाई नेपाली सेनाले अन्त्येष्टि गरेको छ ।

सहिद नगरपालिका ८ डुमरिया बस्ने बर्ष ३८ का सरबिन्दर साहको मृत शरिरलाई सोमबार नेपाली सेनाले अन्त्येष्टि गरेका हुन।

जिल्लाको श्री श्रीनाथ गण बाट सह सेनानी बिधुत कुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले सो शवलाई स सम्मान मिथिला बिहारी २ स्थित परसुराम तलाउ नजिकै अन्त्येष्टि गरेको हो ।

यस अघि मृतक साह कोरोनाबाट सन्क्रमित भएपछि उपचारका लागि शनिबार प्रादेशिक अस्पताल जनकपुरधामको आईशोलेसन कक्षमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजादै गर्दा आईतवार बाटोमै मृत्यु भएको थियो । मृत्यु पश्चात् मृतकलाई धनुषामै ल्याई अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय